Pages

Home » » सन्तोष भट्टराईका ८ गजलहरु

सन्तोष भट्टराईका ८ गजलहरु

सन्तोष भट्टराई
गजलहरु ..........
बाध्यताले दुःख संग मितेरी गाँस्नु पर्ने।।
लुकाएर भित्र आँसु हाँस्दै बांच्नु पर्ने।

कस्तो भाग्य कोर्दिएको दैब तैले मेरो।।
आफ्नै मुटु यहाँ अरु सँग माग्नु पर्ने।

घटि रहन्छ नसोचेको घट्ना जिवनमा।।
जल्दा मुटु अाफ्नो अाफै आगो ताप्नु पर्ने।

किन आउँछ सम्झना घरिघरि अतित त्यो।।
सधै यादै-यादमा जिवन यो काट्नु पर्ने।

जिउने आधारनै लुटेर माग्छन् माफि यहाँ।।
नचाँहेर पनि हाँसी-हाँसी सबै मान्नु पर्ने।


पास्पोर्ट बोकेर बिदेश जा भन्छ सरकार।।
स्वदेशी तिमी बिदेशी बनेर आ भन्छ सरकार।

दिन सक्दैनौँ स्वदेश मा जागिर तिमीलाई।।
पसिना तिम्रो पराई माटोमा बगा भन्छ सरकार।

हजारौ युवा बाकस मा फर्किरहेको छ यहाँ।।
गल्ती गर्यॊ भोट दिएर बल्ल खा भन्छ सरकार।

सम्बिधान आएन भनेर धेरै करायौं जनता हरु।।
फल्यो धान अब अशान्ति फैला भन्छ सरकार।

भयको छ देश मा आर्थिक मन्दी. चारै तिर।।
तर गोर्खाली शिर त्यो नझुका भन्छ सरकार।

विश्राम ५अक्षरमा
वर्ण १०

सम्झेर उनि,,घरकी कालि।।
आउँदैछु म,,बिदेश छाडि।

आमाले अब,,हेर्नु बाटोमा।।
मुटुमा मेरो,,तस्बिर राखी।

याद छ होला,,हेरेको मेला।।
लुकेर हामी,,गएको राति।

घुम्नेहो गाउँ,,साथि मिलेर।।
तयारी गर्नु,,सबैहो जानि।

खुशीको पल,,कुरेर बस्दा।।
मिले त जान्थे,,घरमा भागी।

बिश्राम:६अक्षरमा
वर्ण:१२अक्षरमा

गर्नु पर्छ काम,,सजिलो हुदैन।।
बसेर खाएको,,पोसिलो हुदैन।।

हिडेका छौं घुमि,, फिरन्ते बनेर।।
भोलिको जिवन,,गतिलो हुदैन।

गरे मेहनत,,मिठो फल हुन्छ।।
पसिनाको फल,,नुनिलो हुदैन।

उठ अनि जाग,,सबै युवाहरु।।
बोलेरै त देश,,पटिलो हुदैन।

गर्नु पर्छ काम,,सबैले मिलेरै।।
झगडाले काम,,चपिलो हुदैन।


सधै तिम्रो माया मैले खोज्छु अामा।।
बिरानो यो ठाउँ मा रुँदै बस्छु अामा।

तिम्रो हातको मिठो खाना नपाउँदा।।
मिठो नभए पनि थोरै खान्छु आमा।

काख मा राखी सुताउँथिन् मलाई।।
त्यो न्यानो काख सम्झी सुत्छु आमा।

प्रत्येक रात सपनीमा रुँन्छौ तिमी।।
आधा रात तिम्रो तस्वीर हेर्छु आमा।

त्यो पापी दैबले बनायो बिछोड हाम्रो।।
जुन झर्दा तिम्रो नै खुशी माग्छु आमा।



बिराएर बाटो हिडेको छ साथी।।
सयौँ जिन्दगीमा चुकेको छ साथी।

चलेको छ आँधी हुरीको तुफान।।
नभागेर अझै उभेको छ साथी।

भएको छ होला जिउँदै मरे सरह।।
छिटो काल लैजा भनेको छ साथि।

लगाएर माया छुटेछन् नि सारा।।
खाएर चोट अझै उठेको छ साथी।

हिडेको छ लड्दै सबैसंग किन।।
सबै सामु लड्नै जुटेको छ साथी।


विश्राम ५अक्षरमा
वर्ण १०

मायाले मन,,दुखाए पछि।।
मुटुमा छुरा,,चलाए पछि।

लुटेर खुशी ,,पारेर दुखि।।
खालिछु सबै,,लुटाए पछि।

गरेको बाचा,,संगै जिउने।।
छाडेछ बाटो,,बिराए पछि।

दिएको धोका,,झरेको आँसु।।
बिछोड गित,, सुनाए पछि।

मरेर आत्मा,,भएछ लास।।
जिवन हार,,खुवाए पछि।


माग्दै वर मन्दिरमा चढाएको धन।।
याद छ होला संगै बस्तु चराएको बन।

बोकि खाजा बिहानै झरेको बेसी।।
आउँछ याद लडेको वरालिमा झन।

सानो छदा गरेका गल्तीहरु धेरै थिए।।
टाढा हुदाँ थाहाँ भयो रमाईलो बचपन।

स्कुल पढ्दा झगडा गरेका साथिहरु।।
भेट्दा सोध्ने गर्छु लडेको हो हैन भन।

छम-छम गोजीमा गुच्चाको संगीत बच्दा।।
हुन्थ्यो हजुर साह्रै खुशी यो मेरो मन।



सामान्य परिचय 
नाम: सन्तोष भट्टराई
ठेगाना: अर्घाखाँची हंसपुर-८ बामरुक
शिक्षा: सामान्य
हाल: मलेसिया मा कार्यरत
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger