Pages

Home » » उदास अनन्त का दुई गजल

उदास अनन्त का दुई गजल


-उदास अनन्त
ज्वालामुखी फुट्न सक्छ,भुईँचालो,आउन सक्छ
एक्छिनमा जे नि हुनसक्छ,कसले,बताउन सक्छ

तिमीले कुनै रात सपनीमा,मलाई नदेखेको झोकमा
विचार गरेस्,मेरो आँखा सधैँलाई,निदाउन सक्छ

हमेशा खुशी राख्नेसँग,एउटा खतरा कायम रहन्छ
त्यही मान्छेले आँसु नरित्तिने गरि,रुवाउन सक्छ

तिमी माया दिँदा,लेखाजोखा नगर,दिईमात्रै राख
यो मुटुभित्र कत्ति अटाउन सक्छ,अटाउन सक्छ

संस्कारी घरले छोरीलाई,बडो स्याहार गरेको हुन्छ
र उस्तै परेमा उसैलाई नालीतिर,मिल्काउन सक्छ

भाग्यमानीहरु प्रेमै नगरी,प्रेमिका भेट्टाउने गर्छन्
अभागी प्रेमी,न प्रेम पाउँछ,न प्रेमिका,पाउन सक्छ!


कोसिस असीमित गर्छु तर,थकित हुन्छु
तिम्रा अन्तर्वश्त्रसँगको युद्दमा,पराजित हुन्छु!

तिम्रो पिता बनेकोजस्तो,अभिनय गर्छु
क्षणमै निष्कपट शिशु,सावित हुन्छु

मलाई सुन्नलाई,सहज होस् भनी तिमीलाई
कहिले गजल हुन्छु,कहिले, गीत हुन्छु

गहिरो चुम्बनको रुपमा,सन्चित हुन्छु
अनि गहिरो चुम्बनबाटै, सिन्चित हुन्छु

अन्यौलताको विधेयेक,प्रस्तुत गर्छु टोलाएर
तिम्रो एक मुस्कानद्वारा,पारित हुन्छु!

Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger