Pages

Home » » कविता : मलाई बाँच्न मन छैन [ अमन एकल राम कृष्ण पाण्डे ]

कविता : मलाई बाँच्न मन छैन [ अमन एकल राम कृष्ण पाण्डे ]

"मलाई बाँच्न मन छैन"

हो मलाई पटक्कै बाँच्न मन छैन
तिम्ले गर्दा तिम्रो मायाले गर्दा
अनि तिम्रो धोकाले गर्दा
मलाई पटक्कै बाँच्न मन छैन !

जन्मदाता, परिवार,साथी संगीले छेकेका बाटो नाघेर ,
दिन दुगुना रात चौगुना दुश्मन कमाएर , कर्कलाको पातमाथी
सर्वस्व सहित जिन्दगी अड्याएर
केवल तिम्रो लागि जिएको मलाई
सर्वस्व सुम्पेको तिम्लेनै लात हानेपछी
मलाई पटक्कै बाँच्न मन छैन !

धोकाको मरुभूमिमा अनेकौं कष्ट सहदै
भोक प्यासले तड्पदै
भतभती पोलेको नाङ्गा पैतालाले
तिम्रो दैलो टेक्दा
संघारमा प्रेमयुक्त रक्तका नदि बग्दा
तिमी मेरा रक्त खोलिमा स्नान गर्दै ,
प्रेमको उपासना तोडेर
घातको सफलतामा हर्षोल्लास मनाउदै
अमुल्य मेरा मोतिदाना पान गरेर
तिमी नै तिमी बसेको यो कमलो मुटुलाई
आहार बनाई तिम्लाई हेर्ने निर्दोशि नयनहरुको मट्याङ्रा बनाएर
मेरा दुस्मनका लागि मेरै मर्ममा प्रहार गर्ने औजार बनाउने तिम्रो तयारी
युद्धभुमिमा युद्धरत कुशल योद्धाको भन्दा केही कम नहुँदाको अवस्थामा यो दुर्दशा देखिरहँदा मलाई पटक्कै बाच्न मन छैन !

म अन्तिम प्रहरको कुनेटोमा रहँदा
मेरा स्वासनली बन्द गर्ने पुर्व तयारीमा
तिम्रो प्रयास अथक रहेको प्रमाण प्राप्त गर्दा
ज्युदै मरेको आभास भएपछि
मलाई पटक्कै बाँच्न मन छैन !

अर्पिदियौ मेरो जिन्दगी कसैको पाउको धुलो बनाएर ,
पोखिदियौ छताछुल्ल भुईभरी छरिए छरपस्ट खुशीहरु
जस्लाई कसै गर्दापनी संगाल्न सकिन
र त मलाई पटक्कै बाँच्न मन छैन !

प्राण अर्पेर तिम्रा एकथोपा खुशी संगाले ,
आफैं रित्तिएर बारम्बार तिम्लाइ भरेँ
अस्तित्व बेचेर तिम्रा स्वार्थमा लेप लगाएँ ,
आखिर मिल्यो चोटको पहाड, समाजको उपहास ,
घृणा र तिरस्कारको लहर ,घात र धोकाको उपहार ,
अनि मिल्यो यमलोकको गन्तब्य
दुनियाँलाई प्रबचन दिदै हिड्ने ओठहरु
आज लज्जास्पद भएका छन्
त्यसैले त मलाई पटक्कै बाँच्न मन छैन !

छाती फुलाएर सम्मानपुर्वक बाँचेको मान्छे
तिम्रो तिरस्कार पछी
लज्जाले नाकमुख छुपाउनु पर्ने भएको छ
सम्मानमाथी हेयको दृश्ट्री परेको छ
जमघट र भेलामा देखिने मलाई एकान्तमा छुप्नै पर्ने बाध्यता जन्मेको छ
हरेक पाईला पाईलामा त्रास फैलिएको छ
मेरा लागि मात्र मेरा लागि
त्यसैले त मलाई पटक्कै बाँच्न मन छैन !

हिजो अरुको आत्मसम्मान बचाउन
जिउ ज्यान दिने म
आज अनाथ भएको छु,
बेसाहारा भएको छु, निरिह भएको छु
न हात फैल्याएर भिख? माग्न सक्छु न सक्षमता नै बाँकी राख्यौ तिम्ले
त्यसैले त मलाई पटक्कै बाच्न मन छैन !

मलाई क्षमा दिनुहोला
मेरा लागि राम्रो सोच्ने र म प्रती आशाबादी रहेका
मेरा आत्मीय मनहरु
बिरहमा पोखिएका शब्दहरु उपहार बनुन्
हजुरहरुका निमित्त सायद म फर्कने छैन ।
प्रेम घातले मलाई जिउन दिएन
त्यसैले त मलाई पटक्कै बाँच्न मन छैन !

अलबिदा!!

अमन एकल राम कृष्ण पाण्डे
रसुवा
हाल अबुधाबी

Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger