Pages

Home » » घाऊ माथि नुन चुक छर्न जानिन म

घाऊ माथि नुन चुक छर्न जानिन म


कातर भए काप्न थाले मर्न जानिन म
घाऊ माथि नुन चुक छर्न जानिन म

धोका रैछ जिन्दगीनै रोहीबसे यसै
धिक्कार छ आत्मा हत्या गर्न जानिन म

थुम्की पुग्ने रहर थ्यो खुट्टा ताने पनि
एकोहोरो चढिरहे झर्न जानिन म

संघर्ष र मायालाई पर्यवाची ठाने तर
पसु सारी घासे मैदान चर्न जानिन म

पागल भै भौतारिदा मरे बेस भन्थे तर
आँफैलाई लाछी नाममा दर्न जानिन म

-प्रकाश अर्याल ( चुकुप्रकास )
कुरुक्षेत्र विस्वबिध्यालय , 
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger