Pages

Home » » मेरो मस्टिष्क अनि नशाको नहरमा तिमी

मेरो मस्टिष्क अनि नशाको नहरमा तिमी

यो रात यो मौसमको बहरमा तिमी ।।
टोलछिमेक गाउघर अनि शहरमा तिमी ।।

आशा छ तिमीसगं भेट्ने मेरो सपनाको
हो साच्चै मेरो रहरै रहरमा तिमी ।।

सास उस्तै धडकन उस्तै तिमी र म मा
मुटु भित्र धड्कीन्छौ हरेक प्रहरमा तिमी ।।

मखमली सुनाखरी अनि चमेलीको
हरेक पात थुङगा सगैं लहरमा तिमी ।।

बग्छौ तिमी मुटुको धमनि र शेरा भित्र
मेरो मस्टिष्क अनि नशाको नहरमा तिमी ।।

-Mgr Keshav Pun Jaljala
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger