Pages

Home » » मै त हो नि

मै त हो नि


manoj anupam's pictureसधैँ तिम्रो सपनी मा आउने मै त हो नि
हिजो तिमीलाई मन पर्ने गित गाउने मै त हो नि

निक्कै चाख दिइ कन सुन्यौ अरे बासुरी धुन्
तिरिरिरी त्यो मिठो धुन बजाउने मै त हो नि

हिजो मेरो हुलिया देख्दा राम्रो लाग्यो भन्थ्यौ रे हो ?
सेतो सर्ट माथी निलो शुट लाउने मै त हो नि ।

भेट्न खोज्दै थिएँ तिमीलाई भाइले चिन्दो रै छ
उस्ले देको खबर तिम्लाई पठाउने मै त हो नि

मलाई पनि तिमीले मन पराएकै रै छौ
जहिले भा नि अब तिम्लाई ल्याउने मै त हो नि । ।

Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger