Pages

Home » » च्यातिएको मुटु,प्यालाले सिँएर भुलौला

च्यातिएको मुटु,प्यालाले सिँएर भुलौला

थोरै थोरै भएपनि, तिमी त पिएर भुलौला
म के गरूँ, तिमी बेहोसीमा जिएर भुलौला

ह्जारौ हजार बिकल्प छन् तिम्रा अघि त
कि च्यातिएको मुटु,प्यालाले सिँएर भुलौला


ओठ हाँसे त के भो, मन त रोएकै छ साथी
बरु तस्विर मिलनको तिमी, लिएर भुलौला

हाँस्ने बाँच्ने बाचाहरू, खै पर पर उडिगए
सक्छौ तिमी त बाचा अन्तै, दिएर भुलौला

परिस्थितिका प्रहार गाह्रो छ खेप्न हेर मलाई
म तड्पिदै आधारातमा रुँदै, ब्युतिएर भुलौला
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger