Pages

Home » » आज मलाई सम्झी आंशु,दर्काउछ्यौ र शंका लाग्छ

आज मलाई सम्झी आंशु,दर्काउछ्यौ र शंका लाग्छ

पाइला अघि नजर पछि,फ़र्काउछ्यौ र शंका लग्छ।
मलाई देखि खाटी कुरा,तर्काउछ्यौ र शंका लाग्छ।।

खोकी हाछयु बढ्न थाल्यो, तिम्लाई हेरी टोलै भरी,
झ्यालमा बसी झनै जुल्फी,लर्काउछ्यौ र शंका लाग्छ।।

जन्दीन म नाच्न भनी, संगिनीको कुरा टारर्छ्यौ,
घरमा हुँदा एक्लै कम्मर,मर्काउछ्यौ र शंका लाग्छ।।

तिम्रो मेरो सम्बन्धको ,समाजले कुरा काट्दा,
सांजी बन्दै दोषी आंचल,सर्काउछ्यौ र शंका लाग्छ।।

पानी माथी ओभानो भई,रोज्यौ अर्कै पायौ अर्कै,
आज मलाई सम्झी आंशु,दर्काउछ्यौ र शंका लाग्छ।।

रतन बहादुर बी.क.

Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger