Pages

Home » » सानो कुरा नमिल्दैमा घरै ढाल्यो भन्ने तिमी

सानो कुरा नमिल्दैमा घरै ढाल्यो भन्ने तिमी

Pa Chuksएकदिन फोन नलाग्दैमा मलाई फाल्यो भन्ने तिमी
अनेक संका गरि खराब कादम् चाल्यो भन्ने तिमी

माया हाम्ले गरेकै हो प्रेमको छानो छाएकै हो
सानो कुरा नमिल्दैमा घरै ढाल्यो भन्ने तिमी

माया गरी काली भन्छु चुप्पा खाइ आफिस् जान्छु
फर्कनलाई ढिला हुँदा बिग्रिन थाल्यो भन्ने तिमी

गनगन गरिरन्छौ कुरा बुज्ने होइनौ कैले
यसो होइन तेसो भन्दा कुरा टाल्यो भन्ने तिमी

जताततै ऋनैऋन घरमा खान नपुग्दामा
मासिक आउने तलवले कस्लाई पाल्यो भन्ने तिमी

-प्रकाश अर्याल
नलाङ 7 बैरेनी धादिङ 


Share this article :

1 comment:

Anonymous said...

nice

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger