Pages

Home » » नेपाली गजल : मुटूभरी माया भरेको राम्रो तिमिले

नेपाली गजल : मुटूभरी माया भरेको राम्रो तिमिले

spandan_saila
रिसाएर आँखा तरेको राम्रो तिमीले
सर्माएर मुस्कान छरेको राम्रो तिमीले

अञ्जानमा मेरो छेऊ हुँदा कतै तिमी
लजाएर पर सरेको राम्रो तिमीले

बेहोसीमा तिमीसँग आँखा जुधेको बेला
ओठ टोकेर निली परेको राम्रो तिमीले

संसार सारा भुलेर तिमी फूलहरुमा
फूलजस्तै बद्मास गरेको राम्रो तिमीले

रिसाउछौं लजाउछौं, लजाउँदै कहिले
मुटूभरी माया भरेको राम्रो तिमिले

Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger