Pages

Home » » मुक्तक दोहोरी Sunil Itani VS Suresh Aryal

मुक्तक दोहोरी Sunil Itani VS Suresh Aryal

Suresh Aryalमुक्तक दोहोरी 
Sunil Itani
तिम्रो फोटो हेर्दाइ बिहान भयछ,
माथि गोडा तल सिरान भयछ,
तिमीलाई सम्झनामा रातभर उन्दा
तकियामा आसुँ को निशान भयछ

Suresh Aryal
गजल त उसका लागि , उपहार भयछ
गजल मै माया बस्यो, घरबार भयछ
खाने सुत्ने उठ्ने गजल्मै उ त
वाह वाह सुनिल , गजल्कार भयछ

Sunil Itani
जब समय हार दियर जान्छ
नमिठो दुख्ने समाचार दियर जान्छ,
बन्नै पर्दैन सब हुन्छ आफ्सेआफ यहाँ,
जनही सिङो गजलकार दियर जान्छ।

Suresh Aryal
दुखेपछी आँशुहरु ,झर्छन अनायसै
खुशीहरु अन्तै बसाइ , सर्छन अनायसै
सँघर्श हो जीवन ,जिउन जान्नुपर्छ
मनले सोचे दु:ख सबै ,टर्छन अनायसै

Sunil Itani
सम्हालेर खुशी राख्ने, घर भाको भय,
सोच्नसाथ पुरा हुने, रहर भाको भय,
शायद यि सब कुराहरु, कथा हुन्थे होलान,
भोलिप्रती एतिसारो, भर भाको भय।

Suresh Aryal
दुइटा डुंगा एउटा खुट्टा ,किन राख्ने सुनिल ?
घरकी लत्याइ बाहिरकी ,किन चाख्ने सुनिल ?
कली युगका कृष्ण बन्ने रहर छ कि के हो ?
नमोडिने रथ ब्यर्थै , किन हाँक्ने सुनिल ?

Sunil Itani
दुइतिर सुर गर्दा, भर हुन्छ भन्छन ,
एउटा अफिस अर्की, घर हुन्छ भन्छन,
म सोच्दै छु ,कृष्णको नि रेकड तोडु,
मर्दको अनेक, रहर हुन्छ भन्छन

Suresh Aryal
जमानै खराब ,कोहीको भर हुन्न
रुदै हिंड्ने ,गोहिको भर हुन्न
हुँदा र दिँदा रम्ने,जातै कस्तो ?
संगत छाड , बिद्रोहिहो भर हुन्न

Sunil Itani
म अली बिद्रोही, बिचार मन पराउछु,
केही भिन्न अमुर्त, आकार मन पराउछु,
को जाँन्दछ यहाँ, भोलीका कुरा,
तेसैले त आजको यो, उपहार मन पराउछु,

Suresh Aryal
मर्ने बेला कोही न कोही, भयपछी ख्याल होला
घरवाली नै अर्कैसँग ,गयपछी ख्याल होला
अपराध हो नि बहुबिबाह,थाहा छ कि छैन
जेलको चिसो छिँडी, लयपछी ख्याल होला

Sunil Itani
शायद यो तपाईं को भ्रम हुन सक्छ,
मलाई बहकाउने उपक्रम हुन सक्छ,
अघी फोटो देखेथे नि,जेलभित्र हजुरको,
त्यो मिठो फल आफ्नै,परिश्रम हुन सक्छ।

Suresh Aryal
अर्ती दिँदा साथीहरु ,गाली सम्झन्छन
आफु जस्तै ठानी , जाली सम्झन्छन
बैँशमा अन्धो भयपछी,फोटो चिन्न छाडे
चुल्ठी बाट्ने नानी जती , घरवाली सम्झन्छन

Sunil Itani
अर्ती दिने गुरु नै ,बैमान भयपछी,
मान्छेलाई बर्बाद पार्ने, अभियान भयपछी,
सबै एसै गर्न थाले, वोरपर अचेल,
काम भन्दा उपदेशनै,आसान भयपछी ,

Suresh Aryal
न्याउरी मारी पछुतो ,मान्दैछौ कि क्या हो ?
अझै पनि झुटो आरोप ,ठान्दैछौ कि क्या हो ?
गलत बाटो रोक्न खोज्ने ,अभिप्राय मेरो
उल्टै बरु मेरै खुट्टा, तान्दैछौ कि क्या हो ?
Share this article :

3 comments:

Anonymous said...

kattra chha , khanda kaoya nai banisakechha ..

Anonymous said...

very nice ..... chitta bujyo

Prakash blog store said...

dherai dherai dherai ramro lagyo....

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger