Pages

Home » » नेपाली साहित्य गेडी : तीन गेडी

नेपाली साहित्य गेडी : तीन गेडी


चौबन्दीमा सजिदा, परी हौकि लाग्यो नि,
लोभी पापी मनले, तिम्लाई नै माग्यो नि ।
गोडेर,
बाचौ हामी मुटू जोडेर ।

कहाँ लगि विसाउ, बोझिलो भो जिन्दगी,
हाँस्न खोज्दै थिए म, खुशी बस्यो बन्दगी ।
पीरैमा,
झरु क्यारे तारे भीरैमा ।

यति सानो मुटूमा, चोट लाग्यो घातको
किन आशा गर्छु म, जून फूल्ने रातको ।
बातैले,
चस्स दुख्छ मुटू घातैले ।


-भानुका सिर्जना 
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger