Pages

Home » » नेपाली गजल : अब आउन नै बाकी काल छ मेरो

नेपाली गजल : अब आउन नै बाकी काल छ मेरो

गजल

नसोध साथी खबर बेहाल छ मेरो ।
अब आउन नै बाकी काल छ मेरो ।

जिन्दगीबाट नै हारीसकेको मान्छे ।
आखा भरी आसुको छाल छ मेरो ।

मअब धेरैदिन यसरी बाच्दिन होला।
धड्कन मा मात्र थोरै चाल छ मेरो ।

नभन यो गित तिमी गाउन मलाई ।
न स्वर नै छ मेरो नत ताल छ मेरो ।

कहा बिर्सिन सक्छु र मेरो देशलाई ।
बिश्वमानै अतिसुन्दर नेपाल छ मेरो।

©अबिरल सागर सौगात
सालझण्डी-१ रूपन्देही
०९ पौष २०७०
  —
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger