Pages

Home » » नेपाली गजल : मलाई छाडी गा’की तिम्लाई सधै सुख होस्

नेपाली गजल : मलाई छाडी गा’की तिम्लाई सधै सुख होस्

गजल ............

झुटा कसम खा’की तिम्लाई सधै सुख होस् 
मलाई छाडी गा’की तिम्लाई सधै सुख होस् 

मैले नचिनेनि तिमि प्रख्यात रैछौ यो ठाउमा 
टोल बजार छाकी तिम्लाई सधै सुख होस् 

अनुपम सुन्दरी हौ संस्कार नरुचाउने तिमि 
कु-संस्कारमा आकी तिम्लाई सधै सुख होस् 

छाडी गयौ शुभकामना तर पनि तिम्लाई
भन्छु देवता भाकी तिम्लाई सधै सुख होस्

झुटा कसम खा’की तिम्लाई सधै सुख होस्
मलाई छाडी गा’की तिम्लाई सधै सुख होस्

- प्रकाश अर्याल 


Share this article :

1 comment:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger