Pages

Home » » नेपाली गजल : कर्म बिनाको जन्म तिम्ले दिएर के भो र

नेपाली गजल : कर्म बिनाको जन्म तिम्ले दिएर के भो र

Photo: कर्म बिनाको जन्म तिम्ले दिएर के भो र 
महिनौ मैना सम्म पेटमा लिएर के भो र 

पेट पाल्न चिसो भुइमा नांगिनु छ मैले 
न्यानो पर्न तिम्ले भोटो सिएर के भो र

अर्ति बुद्धि दिने बेला टुहुर्र्यायौ मलाई 
चुरोट खैनी गाजा रक्सी पिएर के भो र 

छैन अब बाच्ने आशा न त रहर पनि 
बिना लक्ष खाते जीवन जिएर के भो र

कर्म बिनाको जन्म तिम्ले दिएर के भो र 
महिनौ मैना सम्म पेटमा लिएर के भो र 

- प्रकाश अर्याल {चुकुप्रकाश}
कर्म बिनाको जन्म तिम्ले दिएर के भो र
महिनौ मैना सम्म पेटमा लिएर के भो र

पेट पाल्न चिसो भुइमा नांगिनु छ मैले
न्यानो पर्न तिम्ले भोटो सिएर के भो र

अर्ति बुद्धि दिने बेला टुहुर्र्यायौ मलाई
चुरोट खैनी गाजा रक्सी पिएर के भो र

छैन अब बाच्ने आशा न त रहर पनि
बिना लक्ष खाते जीवन जिएर के भो र

कर्म बिनाको जन्म तिम्ले दिएर के भो र
महिनौ मैना सम्म पेटमा लिएर के भो र

- प्रकाश अर्याल {चुकुप्रकाश}


Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger