Pages

Home » » नेपाली गजल : जब हृदयलाई केहीले डस्छ

नेपाली गजल : जब हृदयलाई केहीले डस्छ

जब हृदयलाई केहीले डस्छ नजानी नजानी
अनि आँखाबाट आँसु खस्छ नजानी नजानी

भो अब छाती पोलेको गुनासो गर्दै नगर
भनेकै थिए दिलमा ऊ बस्छ नजानी नजानी

तिम्लाई लोग्ने लाटो परेर केनै भयो ?
बढुवा हुन ठाउँमा तेल घस्छ नजानी नजानी

खान नपुगेको बिहान यो गजलकारले पनि
पासपोर्टसँगै झिटीगुन्टा कस्छ नजानी नजानी

जब भगवानले पनि यो पथ्थरको संगत गर्छ
साँझमा ऊ पनि भट्टी पस्छ नजानी नजानी

Pramil Paudel — Sat, 01/25/2014 - 03:21
गजल -पथ्र्योदास
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger