Pages

Home » » नेपाली गजल : मलाई मात्र थाहा छ म पागल भा छु भन्ने

नेपाली गजल : मलाई मात्र थाहा छ म पागल भा छु भन्ने

मलाई मात्र थाहा छ म पागल भा छु भन्ने
मलाई मात्र थाहा छ मैले चोट खा छु भन्ने

शरीर धर्तीमा देख्दा सबैले धर्ती मै छ ठान्छ
मलाई मात्र थाहा छ धर्ती छोडि गा छु भन्ने

संसार नै अन्धो लाग्छ मेरो वस्त्र रंगिन भन्दा
मलाई मात्र थाहा छ मैले कात्रो ला छु भन्ने

दुनियाँले फुर्काइ भन्छन् पुग्नु भा छ ठाउँमा 
मलाई मात्रा थाहा छ म कहाँ आ छु भन्ने

खुल्ला आकाशमा दिन अनी रात गुजार्छु तर
मलाई मात्र थाहा छ छानो केले छा छु भन्ने

By ~ Bimal Raj
 
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger