Pages

Home » » नेपाली गजल : कति लाचार छ यो सरकार हेर

नेपाली गजल : कति लाचार छ यो सरकार हेर

गजल

बालुवाटार हेर सिंहदरबार हेर॥
कति लाचार छ यो सरकार हेर॥

हत्याहिंसा लुटपात दिनहु बढ्दैछ॥
जताततै छ खुलेआम हतियार हेर॥

सुलभ अनि सौलियतको नाममा॥
हेर कालो बजारको ब्यापार हेर ॥

गरीब असायलाई सहयोग भन्दै॥
भएका छन् करोडै भष्टचार हेर ॥

विचार गर आफ्नालेनै लुट्छन यहा॥
यस्तै छ यो स्वार्थी संसार हेर ॥

चाहेर नि उनलाई पाउन सकिन॥
कति अभागी छ मेरो निधार हेर॥

©अबिरल सागर सौगात
सालझण्डी १ रूपन्देही
२६ मंसिर २०७०
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger