Pages

Home » » नेपाली गजल : यो दिलमा छुरा चलाएर गयौ तिमी

नेपाली गजल : यो दिलमा छुरा चलाएर गयौ तिमी


गजल

दु:ख पर्दा मलाई रमाएर गयौ तिमी।
यो दिलमा छुरा चलाएर गयौ तिमी।

चोखो माया तिमीलाई दिएकै थिए ।
उल्टै धोकेबाज बनाएर गयौ तिमी ।

तिम्ले दिएको उपहार चहिदैन भनि।
सबै आज फिर्ता पठाएर गयौ तिमी ।

पुराना यादहरुलाई भुलिदिनु भनेर ।
चिठीपत्रमा आगो लगाएर गयौ तिमी।

तिम्रो मेरो साथ अब यतिनै हो भन्दै।
अबिरलको हृदय फुटाएर गयौ तिमी।

©
सालझण्डी-१ रूपन्देही
८ पौष २०७०
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger