Pages

Home » » नेपाली गजल : द्रौपदीको झैं आज मेरो , चिर हरण गर्‍यो

नेपाली गजल : द्रौपदीको झैं आज मेरो , चिर हरण गर्‍यो


द्रौपदीको झैं आज मेरो , चिर हरण गर्‍यो
नचाहेर पनि त्यो , विदेशी कोठीमा पर्‍यो

सर्वस्व लुटियो आज , आफ्नै दाजु – भाइले
सगरमाथा जस्तो शिर , आज तल – तल झर्‍यो

आफ्नो आमा – बाबु सम्झें , सुन्दर गाउँ सम्झें
छाती पिटी – पिटी रुँदा , आँखामा आँशु भर्‍यो

दयाको भिख मागें , कति रोएँ – कराएँ आफू
चालिस हजारमा बेचेछुँ , नगर्नु – गर्नुगर्‍यो

गनेर साध्य हुँदैन , कमिलाका ताँतीहरू
प्रत्येक दिन टोक्दा , यो जिन्दगी नर्कमा मर्‍यो ।

– © मानन्धर अभागी ।
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger