Pages

Home » » नेपाली कबिता : विचरो ! मेरो शिशु संविधान !

नेपाली कबिता : विचरो ! मेरो शिशु संविधान !

नेपाली मुक्तक गजल र कविता
विचरो ! मेरो शिशु संविधान !

हिजो जसले जन्मायो
आज त्यही आमालाई
धर ... धरी... रुवाउने
कात्र्तिके पाडण्वहरू
हिजो मलाई ,
गर्भधारण गरायौ किन ?

हिजोको युद्घमा
तिमीहरू भूमिगत हुँदा
मैले नुनिलो आँशुले
भोको पेट कयौं छाक टारें
डर र त्राशको खाजा भुटें
तिमीहरूको अनुपस्थितिमा ,
रित्तो बलेसीमा कयौं रात बिताएँ ।

सुत्केरी हुने बेलामा
सुँडेनी नपाएर एक्लै
चिच्याउँदै – कराउँदै
लाखौं साक्षी बोकाएर
शिशु जन्माएँ , र
‘संविधान’ नामाकरण गरें ।

तर अफशोच ! कस्तो विडम्बना
वर्षौ – वर्ष युद्घ गरेर
जन्माएको आफ्नो शिशु
सुस्तमनःस्थिति झैं
लाचार भएर आज
टुलुटुलु हेरिरहेको छ ,
न बाँच्न सक्यो – न मर्न नै ।

गर्भधारण गराउने
ढोंगी पाण्डवहरू
आज आफ्नै शिशुको
चार – चार वर्ष सम्ममा न्वारान नगर्ने
नामर्द पाण्डवहरू
महा पुरुष भनाउँदा ,
धिक्कार छ तिमीहरूलाई ।

गर्भधारण गर्ने बेलामा
मीठा – मीठा सपना देखायो
अभागी यो शिशुलाई
दूध नआएर – रगत चुसाएर
हुर्काएँ – बढाएँ ,
लुटिएको कोखबाट जन्मेको
विचरो ! मेरो शिशु संविधान ।

– © मानन्धर अभागी ।
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger