Pages

Home » » नेपाली गजल : मैले सोच भन्दा छुटै सन्सार छ रे उस्को

नेपाली गजल : मैले सोच भन्दा छुटै सन्सार छ रे उस्को

यार छ रे उस्को अर्कै प्यार छ रे उस्को
मैले सोच भन्दा छुटै सन्सार छ रे उस्को

उनी बाहुन म चाही सानो जात अरे
मेरो जात नमिल्ने परिवार छ रे उस्को

म जस्तो त कती आए कती गए होला
सुन्छु कुनै खासको इन्तजार छ रे उस्को

बर्षौ देखी लाको माया चट्टै छोडी आज
मलाई छोड्दा सपना साकार छ रे उस्को

नरिसाउ 'निरज' कोही पाएकी छु भन्छे
आफु सँग कुल मिल्ने घरबार छ रे उस्को

निरज सापकोटा "निर्दोश "
लालबन्दी, सर्लाहि
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger