Pages

Home » » नेपाली कबिता / भावना : अबोध यो मनले अझै बुझ्नै सकेन

नेपाली कबिता / भावना : अबोध यो मनले अझै बुझ्नै सकेन



     
बैजनी ती रङ्गमा तिमी सजिएकी देख्दा
    सन्तोश मेहता  
मनका यि भावहरुलाई थाम्नै सकिन||
आकाशकी इन्द्रेणी हौकी स्वर्गकी पारी हौ तिमी
अबोध यो मनले अझै बुझ्नै सकेन ||


खाली हात, रित्तो निधार, बिना कुनै श्रृङ्गार पनि
सोर्है श्रृङ्गारले सुसज्जित देखिने को हौ तिमी||
शायद इन्द्रेणीका रङ्गलाई फिक्का पारिदिने पारी हौ तिमी
त्यसैले होला उजाड यो धर्तिमा तिमीलाई पाउन सकिन||

आलिसान सिङ्गमरमरका महलमा रमाउने तिमीलाई
आफ्ना भत्केका झुपडिमा बसाउन सकिन ||
अनगिन्ती ताराहरुका बीच चम्किने जुन तिमी
अन्धकार मेरा मनका महलमा तिमीलाई सजाउन सकिन||

बैजनी ती रङ्गमा तिमी सजिएकी देख्दा
मनका यि भावहरुलाई थाम्नै सकिन ||
आकाशकी इन्द्रेणी हौकी स्वर्गकी पारी हौ तिमी
अबोध यो मनले अझै बुझ्नै सकेन ||

सन्तोश मेहता  
भोक्राहा, सुनसरी
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger