Pages

Home » » नेपाली गजल : आखा बाट बर्बर आशु झारेर म बाचेकीछु

नेपाली गजल : आखा बाट बर्बर आशु झारेर म बाचेकीछु

कल्पना पौडेल "जिज्ञासु"

पलपल यो जिन्दगीमा हारेर म बाचेकीछु
आखा बाट बर्बर आशु झारेर म बाचेकीछु

बेदनाको पोको बाहेक छैन केहि आफु संग
त्यसैले त पिउने बानि पारेर म बाचेकीछु

प्रदेशीय बाध्यतामा साना सन्तान छोडेर
उन्कै तस्विर हेरी दिन टारेर म बाचेकीछु

दुरी टाढा हुदा आज प्यारा पनि पराइ भए
शोकै शोकले आत्मलाई मारेर म बाचेकीछु

यसरीनै लिलाम भए खुशी अनि रहरहरु
चाहना छिर्ने मनलाई बारेर म बाचेकीछु

कल्पना पौडेल "जिज्ञासु"
 गैडाकोट,४,नवलपरासी
 हाल:इजरायल
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger