Pages

Home » » नेपाली गजल : बाआमा सोध्नुहुन्छ !

नेपाली गजल : बाआमा सोध्नुहुन्छ !

गजल

के छ बाबु खबर , ? बाआमा सोध्नुहुन्छ !
पुरा भयो त रहर , ? बाआमा सोध्नुहुन्छ !!

हामी बाट छुटेको , भयो धेरै समय !
कस्तो छ तेरो घर , ? बाआमा सोध्नुहुन्छ !!

भत्काईस कि कतै , हामी बिच को त्यो ! 
ममताको नहर , ? बाआमा सोध्नुहुन्छ !!

प्रदेश को ठाउँ छ , पिडा त्यस्तै असह्य !
खाईस कि जहर , ? बाआमा सोध्नुहुन्छ !!

पैसा खोज्दै खुशी , खोज्न ग'को मान्छे तँ !
भेटिस त शहर ,? बाआमा सोध्नुहुन्छ !!

लोकेन पि बि एस लोकेन्द्र
डाँडागाउँ-४, चाईपाटा जाजरकोट
हाल : दुनियाको बिरानो बस्ती
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger