Pages

Home » » नेपाली गजल : बा-आमालाई माया गरिन्छ

नेपाली गजल : बा-आमालाई माया गरिन्छ

गजल ...................

आफु त बाउलाई माया गरिन्छ
पधेरिमा आमासंगै पानी भरिन्छ 

बुढा भए बाबुआमा सघाउन भनी
भेलबाढी भएपनि नदि तरिन्छ

बाउ देख्थे सपना म योद्धा भाको
सपना त पुरा गर्छु मरे मरिन्छ

काम गर बाबु भन्नु हुन्थ्यो आमा
काम गरे हात र खुट्टा दरिन्छ

बाचा गरें आमा म बिग्रिन्न कैले
काम गर्न आज नै बेसी झरिन्छ

-प्रकाश अर्याल “चुकुप्रकाश”
हाल : भारतमा अध्यनरत ...
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger