Pages

Home » » नेपाली गजल : याद गर्नलाई एउटा किताब बनाई दिनुहोला

नेपाली गजल : याद गर्नलाई एउटा किताब बनाई दिनुहोला

अतितका ति चिनोहरू जम्मै जलाई दिनुहोला॥
नत्र भने गण्डकीको तिरमा बगाई दिनुहोला॥

मुर्छित होलिन प्राण प्यारि मेरो अर्थि उठाउँदा,,
ससांरको चलन यस्तै भनि सम्झाई दिनुहोला॥

उजाड हुन्छ पियारीको फूल झैँ रगीँन जीवन,,
बिन्ती मेरो प्यारीलाई रातै सजाई दिनुहोला॥

धेरै रोलिन बिगतका याद छाति भित्र सगांलेर,,
बिस्तारै ति अतितका पल बिर्साई दिनुहोला॥

मरेपनि डायरि भरि गजल कोरि छोडेको छु,,
याद गर्नलाई एउटा किताब बनाई दिनुहोला॥

अनुरागी बिनोद
हाल परदेशबाट


Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger