Pages

Home » » नेपाली गजल : पर्ख पहिला मेरो बाटो फुकाएर आउँछु

नेपाली गजल : पर्ख पहिला मेरो बाटो फुकाएर आउँछु

१६ अक्षरमा ......

परिमार्जित गजल

पर्ख पहिला मेरो बाटो फुकाएर आउँछु
मै हुँ भन्ने पाखण्डिलाई झुकाएर आउँछु

आज तिमी मेरो मुल्य कौडिमा पो मोल्दै छौ त
पर्ख एक दिन् तिम्रै मुल्य चुकाएर आउँछु

बदनाम् गर्छौ गर भै"गो यथार्थ खोतलेर
पर्ख एक् दिन् यथार्थ सारा लुकाएर आउँछु

रोक्लौ सके आँधी तुफान सागर उर्लाएर
पर्ख त्यो सागर समेत सुकाएर आउँछु

सदियौँ सम्म संसारले नै सम्झी रहनेछ
पर्ख घामको किरण् हात्ले रुकाएर आउँछु

By ~ Bimal Raj "राष्ट्रप्रेमी "
 

Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger