
प्रेम दिवस सफल पर्न माया गर भन्दिन म
अन्जान यो भुमरीमा करले पर भन्दिन म
नाचिनेनी तिमीप्रति आकर्सित भा छु मत
मेरै निम्तो छ भनेर बेसी झर भन्दिन म
पल्लो तीरमा तिमि अनि यो तीरमा म छु
बोलाउदै छु तर पनि नदी तर भन्दिन म
महासागर पर्लय रहेछ जिन्दगिलाइ बुझ्दा
अझै बुझ आबेशमा कोठा सर भन्दिन म
सत्यता त एक्लो नै हो , एक्लै जन्मेउ हामी
जिन्गागी भर मेरै लागि बाँच-मर भन्दिन म
---- प्रकाश अर्याल “चुकुप्रकाश “
No comments:
Post a Comment