Pages

Home » » नेपाली गजल : प्रेम दिवस सफल पर्न माया गर भन्दिन म {प्रेम दिबस विशेष}

नेपाली गजल : प्रेम दिवस सफल पर्न माया गर भन्दिन म {प्रेम दिबस विशेष}

मनपरेको मायालुलाइ यो गजल .... 

प्रेम दिवस सफल पर्न माया गर भन्दिन म
अन्जान यो भुमरीमा करले पर भन्दिन म

नाचिनेनी तिमीप्रति आकर्सित भा छु मत 
मेरै निम्तो छ भनेर बेसी झर भन्दिन म

पल्लो तीरमा तिमि अनि यो तीरमा म छु
बोलाउदै छु तर पनि नदी तर भन्दिन म

महासागर पर्लय रहेछ जिन्दगिलाइ बुझ्दा
अझै बुझ आबेशमा कोठा सर भन्दिन म

सत्यता त एक्लो नै हो , एक्लै जन्मेउ हामी
जिन्गागी भर मेरै लागि बाँच-मर भन्दिन म

---- प्रकाश अर्याल “चुकुप्रकाश “



Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger