Pages

Home » , » गजल के हो ? गजल सम्बन्धि रोचक प्रसङ्ग

गजल के हो ? गजल सम्बन्धि रोचक प्रसङ्ग

गजल के हो ?
  • गजललाई अंग्रेजी भाषामा Ghazal, हिन्दी भाषामा ग़जल, उर्दू भाषामा غزل भनिन्छ।
  • गजल भनेको प्रेमका विषयमा श्रृङ्गार रसका कविता लेखिने एकप्रकारको फारसी छन्द वा त्यसै छन्दमा लेखिएको कविता हो।
  • गजल भनेको प्राय ५ देखि ११ शेरहरू हुने उर्दु र फारसी कविताको एक प्रकार हो। यसका सबै शेर एउटै रदीफ एवं काफियामा आबद्ध हुन्छन् र प्रत्येक शेरको विषयवस्तु फरक हुन्छ। पहिलो शेरलाई मत्ला भनिन्छ, जसमा दुबै मिसरा अनुप्रासयुक्त हुन्छन् भने अन्तिम शेरलाई मकता भनिन्छ, जसमा गजलकारले आफ्नो उपनामको प्रयोग पनि गर्न सक्छ। गजलको संग्रहलाई दीवान भनिन्छ। 
  • गजल भनेको प्रेमसम्बन्धी वा रागात्मक, पुरानो, लयात्मक कविताको एक प्रकार हो, जसमा सीमित श्लोक, उही अनुप्रासको आवृत्ति तथा पश्चिमी पद्यभन्दा पृथकता अपनाइएको हुन्छ। 
  • गजल भनेको जीवन र जगतबाट प्राप्त अनुभव र अनुभूतिलाईर् कोमल, हार्दिक र कलात्मक रूपमा प्रस्तुत गर्ने काव्यिक विधा हो। 
  • गजलको शेरमा गीत र कवितामा जस्तो कपोलकल्पना गरिँदैन। यसमा सत्य अभिव्यक्ति मात्र गरिन्छ।
  • गजल भनेको रदिफ + काफिया + बहर (अर्को नामहरू: बह्र, मीटर, लय, या मात्रिक-क्रम) हो।
  • गजल, गीत र कविता एउटै होईन। गजल भनेको गीत र कविता भन्दा छुट्टै विधा हो। गजलको आफ्नै परिधी वा संरचना हुन्छ।
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger