Pages

Home » » एकै पटक ६ वटा कलमले लेख्न सक्ने क्षमता सार्बजनिक

एकै पटक ६ वटा कलमले लेख्न सक्ने क्षमता सार्बजनिक

कठमाडौं, फागुन २२ - मनोज फाउण्डेशन नेपालका अध्यक्ष मनोजकुमार चन्दले आफ्नो शरिरका फरक फरक अंगले एकै पटकमा ६ वटा कलमबाट लेखेर प्रतिभा देखाउनु भएको छ ।
रिपोर्टर्स क्लब नेपालमा बिहीबार पत्रकारका सामुन्ने  मनोज फाउण्डेशन नेपाल एमएफएनको उद्घाटन गर्दै फाउण्डेशनका अध्यक्ष समेत रहेका चन्दले आफ्नो प्रतिभालाई देखाउनु भएको छ ।
चन्दले दुई हात, दुई खुट्टा, मुख र दुई कुहिनाले कलम समातेर एकै पटकमा ६ वटा कलमले लेख्नु भएको थियो ।
आफ्नो प्रतिभालाई सार्वजनिक गर्दै चन्दले कुनै पनि व्यक्तिले आफूमा भएको प्रतिभालाई लुकाउनु हुँदैन् भन्दै आफ्नो प्रतिभालाई सार्वजनिक गर्दै अन्तर्राष्ट्रिय स्तरमा चिनाउनु पर्नेमा जोड दिनुभयो । अब आगामी दिनहरुमा विलक्षण प्रतिभा भएका व्यक्तिहरुलाई फाउण्डेशनले सहयोग गर्ने उहाँले बताउनुभयो ।
आफूले राष्ट्रपति भवन शितल निवासमा समेत आफ्नो प्रतिभा देखाइसकेको दावी गर्दै चन्दले प्रतिभादेखेर राष्ट्रपति डा। रामवरण यादवलेसमेत सहयोग गर्ने आश्वासन दिएको बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि एवम् पूर्व मन्त्री छविराज पन्तले यस्तो प्रतिभावान् व्यक्तिलाई राज्यले उचित मुल्यांकन गर्दै राष्ट्रिय रुपमा मात्रै नभएर अन्तराष्ट्रिय स्तरमै चिनाउनका लागि पहल गर्नुपर्ने बताउनुभयो ।
पन्तले भन्नुभयो ‘मनोज भाईको यस्तो प्रतिभा वाट म प्रभावित भएको छु, अहिले म कुनै पनि संस्थामा आवद्ध नभए पनि उहाँलाई जस्तो सुकै सहयोग गर्न पनि म तयार छु ।’ धेरै नेपालीहरुले गिनिज बुक अफ द वर्ल्ड रेकर्डमा विभिन्न विधामा नाम दर्ता गरेको उल्लेख गर्दै पन्तले अब चन्दले पनि नाम लेखाउनु पर्ने बताउनुभयो ।
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger