Pages

Home » » नेपाली गजल : सिंहासन त्यागे पो देश बन्दछ

नेपाली गजल : सिंहासन त्यागे पो देश बन्दछ


रजाइँको सिंहासन त्यागे पो देश बन्दछ 
अभद्र दु:शासन त्यागे पो देस बन्दछ 

सुन्नु पर्छ सर्बहारा जनताका पीडाहरु 
बिदेसी उपासन त्यागे पो देश बन्दछ 

मातृभूमि लत्याएर बिदेशी महल रोज्यौ 
बुझी आप्रवासन त्यागे पो देश बन्दछ 

जनताको नेता बन्ने, मंच आघि सजिएर
यिनैले अग्रासन त्यागे पो देश बन्दछ

युवा सबै बाहिरिए टुलुटुलु हेर्छौ तिमी
प्रतिभाको निष्कासन त्यागे पो देश बन्दछ

गुन्द्रुक् छैन जनतालाई पिजा बर्गर् तिम्लाई
महंगा ती रासन त्यागे पो देश बन्दछ

कुर्ची भन्दै झगडा र मारपिट गर्छन् यहाँ
यस्ता कमलासन त्यागे पो देश बन्दछ

कति सुत्छौ कुम्बकर्ण जाग्छौ कैले तिमीहरु
उठ अब आसन त्यागे पो देश बन्दछ

-प्रकाश अर्याल "चुकुप्रकाश"
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger