Pages

Home » » मृत्यु बिषयलाइ लिएर मुक्तक को घमासान दोहोरि भाग -३

मृत्यु बिषयलाइ लिएर मुक्तक को घमासान दोहोरि भाग -३


Pa Chuks
 Suresh Neupane कुरो यसो हो ,

संकै लाग्छ अचेलका मान्छे देखि मलाइ
व्यस्ततामा को जाला खै लगाइदिन सलाई
टोपी झिक्ने चलन त कथा भैगो आजभोली
दाजु भाइ काममा लाग्छन मेसिनले जलाई

...........................................................

Pa Chuks
 Satya Khatiwada धन्यबाद ! फेरी ..

सबै जना बेहाल भै बाँचेका छन् यहाँ
जेनतेन मुठी सास साँचेका छन् यहाँ
बाँच्न अनि बचाउन बिदेस धाउनु पर्छ
आफ्ना भन्नेले नै ढाड भाँचेका छन यहाँ

..............................................................

Pa Chuks
 BishwoNath Khanal ज्यु , फर्काएँ है त ..

पापी मान्छे मात्रै रैछ स्वोर्ग पुग्ने ऐले
धर्म गर्ने ले नै पाप गर्या हुन्छ पैले
दुनियालाइ सताएर नेता बन्यो भने
उसकै नाम इतिहासमा मेटिदैन कैले

.............................................................
Pa Chuks

Anish Bista जी मैले पनि जवाफ फर्काएँ ...

मार्दै छु म आज भरे थाहा छ मलाइ पनि
स्वोर्ग पुग्छु आजै मरे थाहा छ मलाइ पनि
पापी संसार त्यागे भने अर्को रुप बनाउछु
कुकुर जुनी हुन्छ अरे थाहा छ मलाई पनि

................................................................

Sanodil Deepak :  चुकु सर लाई

मरेपछी फाल्नलाई एउटा आउनेछ
जस्ले हाम्रो मृत्युभाको खबर पाउनेछ
भत्किएको छोड्दैजाने सबै कहाँ हुन्छन ?
कोही एकले पक्कै चुकु!जुक्क्ती लाउनेछ

# सानोदिल #
....................................................................
Satya Khatiwada

एकदिन तन यो हुन्छ खरानि
 दुइदिन को हो यो जिन्दगानि ।
 मुठि बाधिँ आयौँ हामि मुठि खोलि
 जानि बल्दो चितामा हरे हात खुट्टा तानि ।।

..................................................................

Anish Bista 

थोर बहुत जानकारी था रैछ खुशी लाग्यो
कुकुर अघि मानिस जुनि पा रैछ खुशी लाग्यो
पापी यो सन्सारमा बाच्ने रहर धेरै को छ
कहिले छोडौ धर्ती भा रैछ खुशी लाग्यो

....................................................................

 भाग २............                            क्रमस : भाग ४ ................. 


Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger