Anish Bista
हेर्दै गर म जिउदो लास जलाउने छु केही पछि
घिउ हाली चिनी छरेर चलाउने छु केही पछि
इतिहासकै अचम्म को लासहरु जसै खरानी हुन्छन्
फरक ब्यक्ति भनी म कलाउने छु केही पछि
..................................................
Prem Katwal प्रत्युत्तरमा यस्तो आयो:-
जे सुकै होस् भोलि फेरि, मरे पछि डुमै राजा!
खुशी बाँडौं बाँच्दा खेरि, मरे पछि डुमै राजा!!
तेरो मेरो लोभ पाप, ब्यर्थै गर्छौं नबुझेर!
नत तेरि नत मेरि, मरे पछि डुमै राजा!!
............................................
Pa Chuks : Anish Bista जी को लागि ...
मलामी को पनि छुट्टै स्वार्थ हुदो रैछ
जिउदै जलाउनु मा लक्ष्यार्थ हुदो रैछ
बेग्लै बेग्लै मान्छेको फरक फरक लक्ष
चाल ढाल उस्तै तर भिन्नार्थ हुदो रैछ
...................................................
Pa Chuks : निकै मन पर्यो , Prem Katwal सर हजुरको मुक्तक
फेरी यौटा ....
भबिस्यलाइ हेरेर त रुने यहाँ को नै छ र
आफ्नै घाँटी सरेर त रुने यहाँ को नै छ र
पापी संसार मार काटमा फुर्सद हुन्न कैले
टन्न धोको फेरेर त रुने यहाँ को नै छ र
.........................................................
Anish Bista
घाटै नजिक खोली हुन्छ पाप उतै बगाउनु
बाचुन्जेलको पिर र सन्ताप उतै बगाउनु
दबाब निकै पर्न सक्ला रहरले मरिदैन
मित्र शत्रु साराको करकाप उतै बगाउनु
........................................................
Prem Katwal स-धन्यवाद यो अन्तिम:-
रित्तै आयौं रित्तै जान्छौं, धरोधर्म ढाँट्या हैन!
बाँच्दा आफैं ठूलो ठान्छौं, धरोधर्म ढाँट्या हैन!!
लिनु दिनु बराबरी, हुन्न चल्छ खिचातानी!
भेटे जति आफैं तान्छौं, धरोधर्म ढाँट्या हैन!!
Pa Chuks
Anish Bista जी , हस तेसै गरुला ..
फेरी ..
मरेपछि स्वोर्ग जाने रहर हुनेछ
पखालेर पाप फाल्ने प्रहर हुनेछ
यो संसार बाटै बिदा मागी जादै छु
सुख सन्ती मिल्ने उतै सहर हुनेछ
......................................................
Pa Chuks
Prem Katwal जी हस , हजुरलाई धेरै धन्यबाद !!!
आज जे जे गर्दै छु म यो समाजले सिकाएको
पशु बनि चर्दै छु म यो समाजले सिकाएको
गुरु हरु मलाई कैले माथि चड्न सिकाएनन
निक्कै तल झर्दै छु म यो समाजले सिकाएको
....................................................
Suresh Neupane
मरेपछि पक्कै लालान् अन्तेष्टिको घाटमा
कोहि रोलान झम्टि झम्टि टोपि लिदै हातमा
जोरी शत्रु कोहि नभनि सबै जालान साथमा
घान लगाई बालिभ्याउछन ति अधेरि रातमा
(स्वर्ग नर्ग कहाँ जान्छन कोहि छैन साथमा)2
.......................................................
Satya Khatiwada
जन्मलियौँ धर्तिमा कस्ले दिन्छ शरण
कहिले पुर्ब कहिले पश्चिम काँकोहोला मरण ।
आफन्त ले भेटेदेखि लान्छन होला खोला
परदेश मा प्राण गए बेळारिसे होला ।।
......................................................
BishwoNath Khanal
मरेपछि ढले पछी कसले थाहा पाउँछ
गलेर झरेपछि कसले थाहा पाउँछ
के के चाहिन्छ ल्याउन तिनै म त् मरें साथि
पाप सधैं गरे पछि स्वर्ग कहाँ आउँछ ?
.......................................................
Anish Bista
Pa Chuks जि लाई प्रश्न भनु कि उत्तर जे होस जवाफ यस्तै आयो
मरे पछि के भैएला सोचेको छौ कि कसैले
मरण पछिको चोला रोजेको छौ कि कसैले
कस्तो होला स्वर्ग नर्क को को भेट हुन्छन्
गजलको सानो चिनो बोकेको छौ कि कसैले
..........................................................
भाग १ ................. क्रमस : भाग ३................
No comments:
Post a Comment