Pages

Home » » नेपाली गजल : चोट परे मन मेरो पनि त दुख्छ नि नानु

नेपाली गजल : चोट परे मन मेरो पनि त दुख्छ नि नानु

-: ग ज ल :-

Jagat Karki

चोट परे मन मेरो पनि त दुख्छ नि नानु
नुन छरे मुटु मेरो पनि त सुक्छ नि नानु

कसे मात्र प्रगाढ बन्धन तर फुकायौ भने
मायाँ हरे गाँठो मेरो पनि त फुक्छ नि नानु

मिलेर बसे मात्रै पो सबैले आहा भन्छन्
खोला तरे समाजले पनि त थुक्छ नि नानु

चिन्नु पर्छ आफ्नो-अर्को मनले खुट्याएर
पराइ ठहरे कुकुर पनि त भुक्छ नि नानु

सहेकै छु अझै सहीदिन्छु दर्द तिम्रो निम्ती
उल्टो गरे खुसी मेरो पनि त लुक्छ नि नानु

लोभ लालच रीश राग केलाई जिन्दगीमा ?
मायाँले भरे जुनी जुनी बाटो ढुक्छ नि नानु !!

जगत कार्की
मोरंग, नेपाल
हाल; दुबइ !

Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger