Pages

Home » » नेपाली गजल : जिन्दगीले लखेट्दै छ

नेपाली गजल : जिन्दगीले लखेट्दै छ

जिन्दगीले लखेट्दै छ , पर पर धेरै पर
विरानो पो बनाउँदै छ , आफ्नै गाउँ आफ्नै घर /1

जे गर्दिन भन्छु आखिर , समयले गराइ छाड्छ
अझै के-के गराउने हो , कता लाला लाग्छ डर /2

लाला - लैजाला
अब आउने एक सेकेण्डमा , के हुने हो पत्तो छैन
यस्तो जाबो जिन्दगीको , छैन कसम छैन भर /3

जाबो एक-पल जिउन पनि , संघर्ष त गर्नै पर्नी
जे जे सुकै गरे पनि , मरी लानु के नै छर ? /4

यसै आयो उसै गयो , जिन्दगी नै व्यर्थ लाग्छ
रित्तो खोक्रो भए पनि , जिउनै पर्दो रै छ तर /5

सर्जक :
विमलराज ढकाल " राष्ट्रप्रेमी"
बसेरी ५ धादिङ
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger