Pages

Home » » नेपाली गजल : कहाँ हुन्छ सम्बन्ध,मज्बुत सैगात दिए बिना

नेपाली गजल : कहाँ हुन्छ सम्बन्ध,मज्बुत सैगात दिए बिना


कहाँ हुन्छ सम्बन्ध,मज्बुत सैगात दिए बिना
कसरी म गरुँ प्यार ,क्वै उपहार लिए बिना

धन बिनाको जिन्दगि, मुल्यहिन छ सम्झनुहोस

रहन्छ र अस्तित्व ,कायम कस्को जिए बिना

के झेलिन जिवनमा ,नसोध्नु भो कति अड्चन
यसै कस्ले झार्छ आंशु, भित्र भित्रै खिए बिना

जिवनको हर क्षेत्रमा जरुरी छ आत्मा बिस्वास
हाँस्या छ र को यहाँ ,फाटेको मन सिए बिना

उत्तरको प्रतिक्षामा, राख्दै छु म यौटा सवाल
लेख्नु हुन्न कवि ज्यू !,किन सत्य पिए बिना


Asmi Gm
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger