Pages

Home » » नेपाली गजल : संधै कति नयाँ मोडमा, पुर्याउँछौ जिन्दगी

नेपाली गजल : संधै कति नयाँ मोडमा, पुर्याउँछौ जिन्दगी

संधै कति नयाँ मोडमा, पुर्याउँछौ जिन्दगी
के बिराएं किन यति, रुवाउँछौ जिन्दगी

जति थाक्छु त्यति नै म टुट्दै जान्छु दिनहुँ
राखेर याद पापको पुण्य भुलाउँछौ जिन्दगी

गल्ती सबै बाट हुन्छ ,भगवानले नि गर्थे रे
म हुँ केवल मान्छे कती,सताउँछौ जिन्दगी

फुल्न खोज्नु गल्ती हो र,फूल बनेर कसैमा
किन आफ्नै नजर बाट,गिराउँछौ जिन्दगी

एकै पटक मार्देउ बरु , जाती हुन्छ मलाइ
बारबार किन शुलि माथि ,चढाउँछौ जिन्दगी

Asmi Gm


Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger