Pages

Home » » नेपाली गजल : ऊ गएछ आउँछु भन्दै ससांर बदलेर

नेपाली गजल : ऊ गएछ आउँछु भन्दै ससांर बदलेर


ऊ गएछ आउँछु भन्दै ससांर बदलेर॥
यो मान्छेको निच सोँच बिचार बदलेर॥

आज किन उस्ले यस्तो अनौठो ब्यबहार गर्यो,
दवाई भनि पियो विषको जार बदलेर॥

मैलेपनि हेर्छु तिम्ले देशको मुहार फेर्न सके,
खै कसरि फूल फूलाउँछौ झार बदलेर॥

उहि पुरानो यार कसरि बिर्सन सक्छु होला,
मन फेरिन्न रुप रङ्गको आकार बदलेर॥

यो बिनोदले तिम्लाई एउटा चुनौती दिएको छ,
हर लडाईँमा बिजयी बन्छ हार बदलेर॥

अनुरागी बिनोद
हाल परदेशबाट

Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger