Pages

Home » » नेपाली गजल : अमिरको महलमा आगन्तुक भरिदैछ

नेपाली गजल : अमिरको महलमा आगन्तुक भरिदैछ

"गजल"
अमिरको महलमा आगन्तुक भरिदैछ॥
फकिरको फेरि किर्ते तमसुक भरिदैछ॥

घरै बसे जीउने आशा मारे हुन्छ जहानले,
बाध्यतामा यूवाहरु पराई मुलुक भरिदैछ।

अमिलोको दाना देख्छु डालीभरी पहेलै छ,
हेर्दा मात्र राम्रो तर भित्र चुक भरिदैछ।

कहाँ गईस् हेर् त दैव कसैको त्यो पेट रित्तो,
खै,कसैको यैश्वर्यले किन सन्दुक भरिदैछ॥

-भूपाल ठाडा रानामगर"क्षितिज"
लेखफर्सा-3 साजे,सुर्खेत।
Bhupal Rana Magar Kshitij
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger