Pages

Home » » नेपाली गज़ल : मायाको एक सुन्दर घर होस् यो मेरो चाहाना (सर्जक -अमरदीप बुढाथोकी)

नेपाली गज़ल : मायाको एक सुन्दर घर होस् यो मेरो चाहाना (सर्जक -अमरदीप बुढाथोकी)

अमरदीप बुढाथोकी....

मायाको एक सुन्दर घर होस् यो मेरो चाहाना
हामि दुवैको उस्तै रहर होस् यो मेरो चाहाना !

बर्ग व्यक्ति छुट्याउछ अझै हाम्रो यो समाजले
राष्ट्रमा एउटा जाति थार होस् यो मेरो चाहाना !

आफ्नै अघि दु;खी पिडित सबैलाई देख्न सक्ने
समानान्तर बिपक्षी नजर होस् यो मेरो चाहाना!

धेरै भेटिन्छन् मुख्मा रामराम झुण्डिएका मान्छे
सत्यताको विजय र कदर होस् यो मेरो चाहाना !

एउटा मालामा उनिनु पर्छ सबै तह र तप्का बाट
स्वार्थीको बिचल्लीत् सहर होस् यो मेरो चाहाना !!

~ अमरदीप बुढाथोकी ( जलन )
सल्यान बाँझकाँडा १ धानेटाकुरा
मोख्ला
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger