Pages

Home » » नेपाली गज़ल : उडुसले टोक्यो लौन (सर्जक- चुकुप्रकाश )

नेपाली गज़ल : उडुसले टोक्यो लौन (सर्जक- चुकुप्रकाश )

Prakash Aryal 'chukuprakash'
उडुस डट कम ________________

हत्तेरिका मारी हाल्यो उडुसले टोक्यो लौन
बाँच्नै हम्मे पारिहाल्यो उडुसले टोक्यो लौन

यो कुनामा यत्रो पोको त्यत्तापट्टि छैन रैछ
साथीले खाट सारिहाल्यो उडुसले टोक्यो लौन

झुल टाँग्न नजानेर लाम्खुट्टे झन् उत्तिकै छ
लात्तोले झुल झारिहाल्यो उडुसले टोक्यो लौन

किरा मार्न धुवा लाउन साथि उठ्यो जुरुक्कन
नाना भाँती खारिहाल्यो उडुसले टोक्यो लौन

मेरो साथी निकै बाठो कुन्नि केके गर्यो सुत्यो
उस्ले निन्द्रा टारिहाल्यो उडुसले टोक्यो लौन

-प्रकाश अर्याल "चुकुप्रकाश"
हाल : भारत

Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger