Pages

Home » » नेपाली गज़ल : उनको नाम जे भए नि 'काली' राखेकोछु मैले

नेपाली गज़ल : उनको नाम जे भए नि 'काली' राखेकोछु मैले

-: ग ज ल :-
उनको नाम जे भए नि 'काली' राखेकोछु मैले

उनै मायाँको लागि दिल खाली राखेकोछु मैले

कहाँ देखुँ-कहिले भेटुँ? चर्की रहन्छ यो छाती
भाकेर फूल-अछेताको थाली राखेकोछु मैले

मायाँमा जिउँन-मर्न पाए मनग्गे हुन्थ्यो जीवन
तिम्रै भरोसामा यो ज्यान फाली राखेकोछु मैले

सबै भन्छन घाऊ लाग्छ दर्द हुन्छ दिलमा
अचानोमा छ मुटु पाईला चाली राखेकोछु मैले

मनको झोली रित्याएर लाउँला चोखो मायाँ
दैलोमा साईतको दियो बाली राखेकोछु मैले

टुटे पनि ऐना झैं मेरो दिल ठोकिएर ढुंगामा
हर टुक्रामा त्यही रूप हाली राखेकोछु मैले !!
शुभपल,,
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger