Pages

Home » » नेपाली गज़ल : कहाँ नेर भूल भयो तर्किएर गयौ तिमी

नेपाली गज़ल : कहाँ नेर भूल भयो तर्किएर गयौ तिमी


Photo: गजल ३३

कहाँ नेर भूल भयो तर्किएर गयौ तिमी
मायाँले बोलाउँदा नी झर्किएर गयौ तिमी

विछोडको तीर रोप्यौ मुटु छिया छिया पार्यौ
त्यै मुटुमा अझै नुन् चुक् छर्किएर गयौ तिमी

बगाउँदै अश्रु धारा मुटु मिची हेरी रहेँ 
फुटेको त्यो ऐना सरि चर्किएर गयौ तिमी

आउँछु भन्यौ पर्खि बसेँ साँझै सम्म बाटो हेरी
आधी बाटो आएर नी फर्किएर गयौ तिमी 

आकास्लाई छानो ठानी दिन रात काट्दै थिएँ  
कर्माहारा दुखी माथी दर्किएर गयौ तिमी 

तिमी लढ्न खोज्यौ भने सहारा म दिन्छु भन्थ्यौ 
कमलको हाँगा जस्तै लर्किएर गयौ तिमी 

सर्जक : 
विमलराज ढकाल "राष्ट्रप्रेमी"
बसेरी ५ धादिङकहाँ नेर भूल भयो तर्किएर गयौ तिमी
मायाँले बोलाउँदा नी झर्किएर गयौ तिमी

विछोडको तीर रोप्यौ मुटु छिया छिया पार्यौ
त्यै मुटुमा अझै नुन् चुक् छर्किएर गयौ तिमी

बगाउँदै अश्रु धारा मुटु मिची हेरी रहेँ
फुटेको त्यो ऐना सरि चर्किएर गयौ तिमी

आउँछु भन्यौ पर्खि बसेँ साँझै सम्म बाटो हेरी
आधी बाटो आएर नी फर्किएर गयौ तिमी

आकास्लाई छानो ठानी दिन रात काट्दै थिएँ
कर्माहारा दुखी माथी दर्किएर गयौ तिमी

तिमी लढ्न खोज्यौ भने सहारा म दिन्छु भन्थ्यौ
कमलको हाँगा जस्तै लर्किएर गयौ तिमी

सर्जक :
विमलराज ढकाल "राष्ट्रप्रेमी"
बसेरी ५ धादिङ

Bimal Raj

Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger