Pages

Home » » नेपाली गजल : सिन्दुर पुछ्ने चुरा फुटाउने परम्परा रुच्दै-रुचेन

नेपाली गजल : सिन्दुर पुछ्ने चुरा फुटाउने परम्परा रुच्दै-रुचेन

गजल-
सिन्दुर पुछ्ने चुरा फुटाउने परम्परा रुच्दै-रुचेन
आफ्नै जन्मदाता जलाउने परम्परा रुच्दै-रुचेन

मन्दिर बाहिर गास मागि रहेकाहरुलाई पन्छ्याई
भित्र फलफूल चढाउने परम्परा रुच्दै-रुचेन

कसैको निर्मम हत्या गरेर पुण्य प्राप्त गरिदैन
बली दिने रगत बगाउने परम्परा रुच्दै-रुचेन

उता कर्णाली भोक-भोकै छट्पटाई रहेको बेला
बाग्मतीले उत्सव मनाउने परम्परा रुच्दै-रुचेन

मैले जिन्दगी भर तिम्रो साथ मागेको हुँ केवल तिम्रो
मात्र, हँसाउने रुवाउने परम्परा रुच्दै-रुचेन ।।

लक्ष्मण मिलन विष्ट
अछाम, कालिकास्थान
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger