Pages

Home » » नेपाली गज़ल : बिरामीछ आज स्वदेश (सर्जक : भण्डारी दाइ अचम्म )

नेपाली गज़ल : बिरामीछ आज स्वदेश (सर्जक : भण्डारी दाइ अचम्म )

भण्डारी दाई

बिरामीछ आज स्वदेश दोलो पार्ला कस्ले
सिमानामा चर्केको घाउ होलो पार्ला कस्लेे||

मतिभ्रष्ट सत्ता धारी भुल्छ जनतालाइ
शासकमा शु बुद्धि को खोलो पार्ला कस्ले ||

यो बादी र उ बादिको नाम मा चुसिएर
दुब्लाको देश पोटिलो र डोलो पार्ला कस्ले ||

जन्तुले घाँस खाए जस्तो ढुकुटी त्यो खाए
ती भ्रष्टको मुख्मा काम्रो मोलो पार्ला कस्ले||

उध्रेकाछन फाटेकाछन जातियता बोकि
बटुलेर एकै ठाउँमा गोलो पार्ला कस्ले ||

भण्डारी दाइ अचम्म
मेलम्ची हेलम्बु किउल
सिन्धुपाल्चोक नेपाल

Share this article :

2 comments:

Unknown said...

हार्दिक आभार साथ को लागि

Unknown said...

हार्दिक आभार साथ को लागि

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger