Pages

Home » » नेपाली गजल :बाउले मलाई चड्काएर हुर्काएका

नेपाली गजल :बाउले मलाई चड्काएर हुर्काएका

गज़ल ___________________________

बिर्स्या छैन बाउले मलाई चड्काएर हुर्काएका
सुधार्न लाइ रहेछ उनले पड्काएर हुर्काएका

छिमेकीका छोरीलाई सिठी लाउथें दिक्क पार्थें
खोजी खोजी केटिहरु भड्काएर हुर्काएका

पल्ला घरे तल्लाघरे ,काक्रो चोर्यो भन्दै आउँदा
डोरी लगाई बार्दलीमा लड्काएर हुर्काएका

दुनियाका छोराहरु बिग्रेका छन् चेप्रे घस्दा
गर्ब लाग्छ बाउले ढाड सड्काएर हुर्काएका

धेरै दु:ख गर्दा पनि सुख भन्थ्यौं तेसैलाई
गरिब थियौं बाउले खोले छड्काएर हुर्काएका

प्रकाश अर्याल "चुकुप्रकाश"
हाल : भारत

Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger