Pages

Home » » नेपाली व्यंग्यात्मक गजल : काँधमा नै नअटिने माला किन तेत्रो ठूलो ?

नेपाली व्यंग्यात्मक गजल : काँधमा नै नअटिने माला किन तेत्रो ठूलो ?

गजल __________________

ए अंकल हजूरको गाला किन तेत्रो ठूलो ?
काँधमा नै नअटिने माला किन तेत्रो ठूलो ?

हजुर त बच्चा जस्तो झगडा पो गर्नु हुन्छ
आफ्नै दाजुभाइ बीच ज्वाला किन तेत्रो ठूलो ?

दिनभरि काम गर्ने ज्यामी भोकै मर्छन् यहाँ
हजूरचाहिँ सुत्दा पनि ज्याला किन तेत्रो ठूलो ?

गर्न सक्ने कुरा मात्रै भाषणमा बोल्दा हुन्न ?
आशै आशले बनेको त्यो भाला किन तेत्रो ठूलो ?

हजुरले संबिधान क्वाप्पै खानु भाको रे त ?
होइन भने पेटमा मात्रै छाला किन तेत्रो ठूलो ?

कि त ब्याउनु कि ओकाल्नु भुँडी भित्र भाको चिज
नौटंकी त्यो गाईजात्रे चाला किन तेत्रो ठूलो ?

-प्रकाश अर्याल "चुकुप्रकाश"
हाल : भारत

Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger