मुक्तक यसरि सुरु हुन्छ ..
Satya Khatiwada
मेरो
जिबन फुल झरेको डालि जस्तो भो
रछ्यान मा मिल्काएको थालि जस्तो भो
बा
ले भन्थे जवानि मा गर्नु पर्छ धेरै होस
त्यो बेलाको बा को अर्ति गालि जस्तो भो
................................................................................
Pa Chuks
Satya Khatiwada जी को लागि ...
यस्तै हुन्छ पुर्णिमाको जुन टिप्न खोज्दा
सद्धे लाइ नै उधारेर फेरी खिप्न खोज्दा
बाउले पनि सम्झा का थे हुन्न बाबु भनि
आफै घर भत्काएर आफै लिप्न खोज्दा
.............................................................................
Anuragi Binod Gaire :
पराईको सिन्दुर पोते लगाई जाने निष्ठूरीलाई॥
डोली चढि रातो घुम्टो सजाई जाने निष्ठूरीलाई॥
सधैँ सुखि खुशि हुनु पराईँसगँ भनिदिनु,
मलाई यता रुवाई ऊता रमाई जाने निष्ठूरीलाई॥
...............................................................................
Pa Chuks :
Anuragi Binod Gaire जी को लागि ...
अरे अरे निस्टुरि रे मेरी काली लाइ
कस्तो संग भन्न सक्या दाइको साली लाइ
पराइ भन्या मै हुँ तिम्रा काली मेरी हुन्छे
किन रिस गर्या होला फुलको डाली लाइ
................................................................................
प्रकास पाठक :
अरे यहाँ त माया प्रिमका बात हुदा रैछन
प्रियसि लाई भुल्ने अनगिन्ति रात हुदा रैछन
जब मानव डुब्छ गहिरो नशामा बेहोशि भएर
बेसहारामा थामेका हातनै ठुला घात हुदा रैछन !!
~योगि~
...................................................................................
Pa Chuks :
प्रकास पाठक जी को लागी ..
माया भुल्न होइन हजुर सम्झनालाई लगाइन्छ
भोक प्यास , दिनभरिको थकाइ सबै भगाइन्छ
कतिले त बातै गर्छन कतिले यहाँ घात गर्छन
आफुले त मिठो माया जिन्दगि भर तगाइन्छ
-चुकु
..................................................................................
Arun Regmi
पुर्णिमा काली जिको लागि .........
जस्ले पनि आखाँ लाउने तिनै कालीलाई
मैले पनि सजाएको छु मनकी जालीलाई
हिजो सम्म मेरी काली मलाई माया गर्थी
म आउने बाटै भरि फुल पाती छर्थी
...................................................................................
Pa Chuks :
Arun Regmi को खण्डन मा ...
अरु कहाँ हेर्छन भन्ने ध्यान गर्नु छैन
किन हेरिस भनेर नि आँखा तर्नु छैन
सिधा कुरा म त काली लाइ माया गर्छु
जस्तै परि आएपनि जालमा पर्नु छैन
-चुकु
मुक्तक दोहोरि तेस्रो शृंखला - दोस्रो अंश
Posted by
Prakash blog store
यो पनि हेर्नुहोस् [See this one also]
Labels:
दोहोरि
Please follow me at my Personal facebook ID.
Follow us at our Facebook page.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
No comments:
Post a Comment